नेप्सेमा २८.६८ अंकको गिरावट 

बिहीबार, फागुन १७, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ ।  आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा कायम भएको हो । 
आज नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ । आज तीन सय नौ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर दुई अर्ब ५९ करोड ८७ लाख  ३७ हजार २२८ रुपैयाँमा किनबेच भए ।  आज सेन्सेटिभ इण्डेक्स १.३४ प्रतिशतले घटेको छ । 
दोहोरो अंकले घटेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो । 
आज १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन् । फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.२१ प्रतिशतले घट्यो । 
आज कारोबार भएका कम्पनीमध्ये १७ वटाको मूल्य बढ्दा दुई सय २० वटाको सेयर घटेको छ । ११ वटा कम्पनीको सेयरमा कुनै परिवर्तन भएन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार