घुसेलका २२ जनामा कोरोना पुष्टि

बिहीबार, जेठ ६, २०७८

वाग्मति । वाग्मती गाउँपालिका–१ घुसेलमा एकै दिन २२ जनामा कोरोना पुष्टि भएको छ । गत मङ्गलबार गरिएको परीक्षणमा उक्त परिमाणमा कोरोना पुष्टि भएको हो । मङ्गलबार ४१ जनाको परीक्षण गरिएकोमा २२ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेमा १५ जना पुरुष र ७ जना महिला छन् । ठूलो संख्यामा स्थानीयमा कोरोना पुष्टि भएपछि गाउँलेमा त्रास फैलिएको छ । ११ जना झागलकोट तथा ११ जना महाँकाल डाँडाको रहेको घुसेल स्वास्थ्य चौकीका प्रमुख ललित गिरीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार