२०८३ सम्म फास्ट ट्रयाक तयार हुने

शुक्रबार, फागुन १८, २०८०

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम २०८३ सालसम्म सम्पन्न हुने बताएका छन् । लगातार समयावधि र लगानी थप भइरहेको उक्त सडक आयोजनाको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भए तापनि २०८३ चैत मसान्तभित्र काम सकिने उनले बताए । 
राष्ट्रिय सभाको बैठकमा शुक्रबार उनले भने, ‘फास्ट ट्रयाकको काम सुरु भएपछि बीचमा कोरोनाको कारणले प्रभावित भएको थियो । त्यसले गर्दा पनि यसको काममा ढिलाइ भएको हो । अब २०८३ चैत मसान्तसम्ममा फास्ट ट्रयाक सम्पन्न गर्नेगरि नयाँ तालिका मन्त्रिपरिषद्बाट निर्णय भएर सार्वजनिक गरेको र त्यही अनुसार काम अगाडि बढेको छ ।’
यसअघि राष्ट्रिय सभामा सांसदहरुले फास्ट ट्रयाकको काम अपेक्षित गतिमा किन अगाडि बढ्न नसकेको भनी जवाफ मागेका थिए ।  सदनमा उठेका प्रश्नहरुको जवाफ छिटोभन्दा छिटो दिने व्यवस्था मिलाउने पनि उनले रक्षामन्त्रीको हैसियतले विश्वास दिलाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार