सोसल मिडिया
Contact Us
युनिकोड
बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको हारोपमा प्रहरीले बदिर्याबाट एक पुरुषलाई पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।