सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेँसीशहर नगरपालिका–६ चनौटेमा बस्दै आएकी ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्छिन् । उमा सँधै बिहान उठेर घरधन्दा गर्थिन तर बुधबार बिहान अवेरसम्म सुतिरहिन् । घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लागिन् । छोरी श्रृती भने मर्निङवाकमा गइन् । उमा भने मस्त निन्द्रमै रहिन् । छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दु बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो । निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटासहित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पु¥यो । ‘शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु’, उनले भनिन्, ‘एकछिन त आत्तिएँ । मुखैभरी माटाले भरिएको थियो । बोल्न त के श्वास फेर्न पनि सकिएन । विस्तारै हातले अनुहारको केही माटा हटाउन सके । अनि अल्लि बोल्न सक्ने भए । अब त मर्ने भएँ । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो । त्यसपछि झन आत्तिएँ ।’ उनले छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयवासी छोराछोरी आएर उद्धार गरेका थिए । ‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे’, उमाले भने । उनको पाँच जनाको परिवार छ । सो दिन उमाका श्रीमान् कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै थिए । सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उनले बताए । आमाले भूकम्प आएको थाहा पाउना साथ उमालाई भन्दा उमाको जेठी छोरी सुतिरहेकाले भित्र उठाउन गएको र छोरीलाई पनि सो घटना हुनबाट बचाउन सफल भएका थिए । उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्किकी छन् । उमा यतिबेला घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहेकी छन् । उक्त भूकम्पले उनी मात्र नभई जिल्लाका पाँच जना घाइते भए । दुई सयभन्दा बढी घरमा क्षति पुग्दा सयौँ स्थानीय मर्कामा परेका छन् ।