‘डाक्टर भगवान हो, त्यो हिसाबले कामपनि हुनुपर्यो’

आइतबार, फागुन २०, २०८०

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका आठ वटै जिल्लामा एक एक वटा गरी आठ वटा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन् । 
आइताबर नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आज आयोजित मधेश हेल्थ सम्मिटलाई सम्बोधन गर्दै उनले स्वास्थय क्षेत्रमा प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको जानकारी दिए । 
प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको छु । आउने दिनमा स्वास्थ्य बजेट बीस पच्चीस प्रतिशतसम्म पुर्याइनेछ उनले भने’ ।
मुख्यमंत्री यादवले  सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा  ’हब’ बनाइने लक्ष्य लिएको पनि घोषणा गरे ।
चिकित्साकर्मीहरुको सुविधा र वृतिविकासका लागि उठेको जिज्ञासालाई उल्लेख गर्नुहुंदै यसबारे आफू वचनवद्ध रहेको बताए ।साथै सेवाको गुणवत्तामा ध्यान दिनपनि उनले चिकित्सकहरुसंग आग्रह गरे  ।
‘उपचार  राम्रो छ, अलि अलि सुधार पनि भैरहेको छ तर जति सुधार हुनुपर्ने हो हुनसकेको छैन,। ाक्टर भगवानको रुपमा हुन्छन् त्यो हिसाबले कामपनि हुनुपर्यो,।’

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार