घूस लिने नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर 

आइतबार, फागुन २०, २०८०

काठमाडौं । सेवाग्राहीबाट लिएको घूसको रकमसहित पक्राउ परेका काठमाडौंको कलंकीस्थित नापी कार्यालयका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिन लिएको घूसको एक लाख रुपैयाँसहित नियन्त्रणमा लिइएका दुवैविरुद्ध आइतबार विशेष अदालतमा  मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो । आयोगका अनुसार सेवाग्राहीबाट लिएको घूसको रकममा सर्वेक्षक चौलागाईँ र राजधानी लेखापढी सेवाका पोखरेलबाट ५०÷५० हजार बरामद भएको थियो । उनीहरुलाई अख्तियारको टंगालस्थित कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार