सरकारमा सहभागी हुन रास्वपालाई हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

बुधबार, फागुन २३, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । चार मन्त्रालय पाउनेगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो ।  
रास्वपाका महामन्त्री डा। मुकुल ढकालका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्नेछन् । उनी गृहमन्त्री बन्ने भएका छन् ।  श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सरकारमा सहभागी हुन हतारिएको हो । शीर्ष नेताहरुको दौडधुप, दलहरुको नियमित आन्तरिक बैठक जारी रहिरहेको र समीकरणको अझै टुंगो लाग्न बाँकी रहेका बेला रास्वपा सरकारमा जान हतारिएको हो ।  रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार