सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता

बिहीबार, फागुन २४, २०८०

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ । 
बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो । 
साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई स्वीकृति दिने पनि निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 
उनले भनिन्,‘संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई  स्वीकृति दिने ।’

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार