गठबन्धन टुटेकोमा खुशी छु : डा.शशांक 

बिहीबार, फागुन २४, २०८०

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा।शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्शिवाद भएको बताएका छन् । कसैको आर्शिवादमा गठबन्धन टुटेको उनको संकेत थियो । 
विहीबार बिराटनगर बिमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए । उनले कांग्रेस सँधै एक्लै लड्नुपर्ने औंल्याए । 
उनले भने, ‘गठबन्धन टुट्नु सत्तावादीको खेल हो । प्रचण्ड र ओलीज्यू उहाँहरुले पहिला गठबन्धन गर्नुभयो । फेरि हामीतर्फ आउनुभयो । मलाई लाग्छ यो एउटा बरदान हो । अब हामी पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ । प्रतिपक्षमा मात्रै बसेर कडा भूमिका निर्वाह गर्नुपर्छ । गठबन्धन टुटेकोमा म खुसी मात्र छैन् , कसैको आर्शिवाद पाएको हो कि भन्ने लागेको छ । मेरा लागि यो लुकेको एउटा खुसी चाही हो।’
उनले विगतमा मिलेर गरिएको काम गलत भएको भन्दै अब एक्लै लड्नुपर्ने बताए ।
उनले भने, ‘म बीपी कोइरालाको छोरा भएको हुनाले म भन्छु कुनै पार्टीसँग पनि हामी मिल्नु हुदैँन् । विगतमा जसरी मिलेका थियौं त्यो गलत भयो हामी एक्लै लड्नुपर्छ । हामीले स्थापना गरेको कम्युनिष्ट पार्टी हो र हाम्रै मातहतमा आउँछन् ।’

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार