सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काल्पनिक कुरा गरेर गठबन्धनलाई झुक्याएको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री दाहालले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर एकतर्फी गठबन्धन तोडेको आरोप लगाएका हुन् । उनले भने,‘नेपाली कांगेसले गठबन्धनमा भएका निर्णय र सहमतिलाई इमान्दारिता, निष्ठा र मर्यादाका साथ पालना गर्यौं । तर पछिल्लो समय गठबन्धनमा अविश्वास हुनेगरि गतिविधि भए । राजनीतिमा मर्यादा र सम्मानले मात्र पुग्दैन । प्रधानमन्त्रीले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनका सहमतिहरु तोडेर एकतर्फी ढंगले गठबन्धन फेर्नुभयो ।’ प्रधानमन्त्रीले कांग्रेस गठबन्धनमा रहेकाबेला देशमा सुशासन विकास र सामाजिक न्याय भएन भन्ने गरेको भन्दै लेखकले १४ महिनामा के चाहि गर्नुभयो तपाईले रु भन्दै प्रश्न गरे । उनले भने, ‘जनचाहाना अनुसार सुशासन विकास र सामाजिक न्यायको आकांक्ष पूरा गर्न भनेर लेखेको रहेछ । पोहोर साल प्रधानमन्त्री हुनुभएको १५ महिना लाग्दैछ । १५ महिनापछि सुशासन विकास र सामाजिक न्याय भएन भन्नु भएछ त्यसो भए यो १४ महिनामा के चाहि गर्नुभयो तपाईले रु प्रश्न उठ्छ कि उठ्दैन् । यहाँ त उहाँले गरेको बढो काम सुनाउनुभयो । अहिलेको कुरा साँचो हो कि फाल्गुन २१ गते गरेको हस्ताक्षर साँचो हो रु यस्ता काल्पनिक कुरा गरेर राजनीनिमा झुक्याउन सकिदैन् । एकैछिनलाई सकिएला तर सँधै सकिँदैन् ।’ उनले भने, ‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो । जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं ।’ प्रधानमन्त्रीको कदमले राजनीतिक अस्थिरता बढेर गएको लेखकको टिप्पणी थियो ।उनले भने, ‘हामीले गठबन्धनप्रति इमान्दारिता देखाएका थियौं । हामीले इमान्दारिता देखाउँदा पनि गठबन्धन भत्काउने कांग्रेसप्रति विश्वासघात भएको ठहर गरेका छौं ।’