सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ९ वडा कार्यालयले पहिलोपल्ट काठमाडांै उपत्यका व्यापी ‘वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता—२०८०’आयोजना गर्ने भएको छ । वडा कार्यालयको सामाजिक विकास कार्यक्रमअन्तर्गतको करिब २ लाख रुपैयाँको लागतमा आउँदो चैत ९ र १० गते वडा कार्यालय हाता लामाटारमा सो प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष जयकृष्ण बोगटीले बताए । प्रतियोगितामा पहिलोे हुनेलाई पुरस्कार स्वरुप नगद २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र चौथो हुनेलाई ८ हजार नगद, पदक र ट्रफि दिइने आयोजकले जनाएको छ । यसैगरी पाँचौदेखि दशौं स्थानसम्म हासिल गर्नेले पनि नगद पुरस्कार पाउने छन् ।
यसैगरी महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेको साथै १८ वर्ष मुनिका विजयी खेलाडीलाई पनि छुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा महालक्ष्मीनगर क्षेत्रबाट र ललितपुर जिल्लाबाट उत्कृष्ट हुने खेलाडीलाई पनि छुट्टाछुट्टै नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा विजयी हुने विभिन्न उमेर समूहका खेलाडीलाई दिने गरी नगद १ लाख २३ हजार नगद पुरस्कार विनियोजन गरिएको छ भने प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने वडा अध्यक्ष बोगटीले बताए । महिला, पुरुष र १८ वर्ष मुनि उमेर समूहका बुद्धिचालका जो कोही खेलाडीले भाग लिन पाउने सो प्रतियोगितामा महालक्ष्मी नगरका खेलाडीलाई निःशुल्क र अन्य जिल्लाका खेलाडीलाई नामदर्तावापत प्रति पुरुष खेलाडी ५ सय र महिला तथा १८ वर्ष मुनिका खेलाडीलाई जनही ३ सय रुपैयाँ नाम दर्ता शुल्क तोकिएको छ ।