सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । भक्तपुरमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ ः १५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठकले जानकारी दिए । सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरु भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए । सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।