सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० विशेष समारोहमा सहभागी भएका छन् । शुक्रबार नेपाली सेना सैनिक मञ्चले टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति छन् । नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण, प्याराग्लाइडिङ, संयुक्त राष्ट्रसंघमा शान्ति सेनाले विद्रोहीबाट उद्धार गर्नेलगायतका विविध आकर्षक प्रस्तुती गरेको थियो । साथै मित्रराष्ट्र भारत, अमेरिका र बेलायतका व्याण्ड टोलीको पनि प्रस्तुती रहेको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतका उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।