सोसल मिडिया
Contact Us
युनिकोड
नेपाललगायत दक्षिण एसियाका केही मुलुक अहिले कोभिड–१९ को कहर अनुमान गरेभन्दा फरक र पीडादायक रुपमा खेपिरहेका छन् । सन् २०२० को डिसेम्बर महिनामा चीनको वुहानमा सुरु भएको कोरोना–१९ को संक्रमणको अवस्था चीनमा अहिले शून्य प्रायः छ । चीनमा कोरोना शून्य हुने अवस्था आउनुका मुख्य दुई कारण छन् । पहिलो, कोभिड–१९ देखिए लगत्तै गरिएको कडा लकडाउन । दोस्रो, कोभिडविरुद्धको खोप । तुलनात्मक रुपमा अघिल्लो वर्षको भन्दा अहिलेको भाइरस बलियो भएपनि अवस्था केही फरक छ । अघिल्लो वर्ष कोभिडक सन्दर्भमा हामी अन्धकारमा थियौं । अध्ययन–अनुसन्धान भएका थिएनन् । खोप थिएन । यो वर्ष धेरै अध्ययन अनुसन्धान भएका छन् । खोप तयार भएर कोरोना फैलिएका धेरैजसो देशले यसको प्रयोग गरिरहेका छन् । एक वर्षभन्दा बढी समय कोरोना भोगेका हामी अहिले कोरोनालाई जीवनको एउटा पाटोको रुपमा लिन समेत अभ्यस्त भइसकेका छौं । भौतिक दूरी, मास्क, साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग हाम्रा लागि अनिवार्य र आवश्यक तत्व भएका छन् । यी तत्व सँगसँगै कोभिडलाई परास्त गर्ने महत्वपूर्ण कुरा खोप बनेको छ । चीनमा अहिले कोरोना शून्य प्रायः अवस्थामा रहनुको मुख्य कारण आफ्ना नागरिकलाई खोप युद्धस्तरमा लगाउनु नै हो । नेपालले पनि प्रत्येक नागरिकलाई खोप उपलब्ध गराउनुपर्छ । प्रत्येक नागरिकलाई खोप उपलब्ध गराउन उसले खोप खरिदलाई प्राथमिकता दिनु पर्छ । सहयोग स्वरुप प्राप्त खोपलाई विना हिच्किचाहट स्वीकार गर्नुपर्छ । खोपको सन्दर्भमा म यहाँ केही कुरा प्रष्ट पार्न चाहन्छु । चिनियाँ खोप आजभन्दा चार÷पाँच महिना अघि नै नेपाल पुग्नु पर्ने थियो । प्रधानमन्त्री स्तारमा खोपका बारेमा धेरै पटक कुरा भइसकेको हो । तर, स्वास्थ्य मन्त्रालयले खोप ल्याउन विलम्ब गरी स्वीकृति दियो । सुरुमा चीनले ३ लाख खोप दिने प्रतिबद्धता जनाएको थियो । पाँच लाख, त्यसपछि आठ लाख खोप अनुदानमा दिने प्रतिबद्धता जनायो । चीनको घनिष्ट तथा धेरै जनसंख्या भएको पाकिस्तानलाई समेत पाँच लाख दिएको सन्दर्भमा चीनले नेपाललाई अनुदान स्वरुप आठ लाख दिने प्रतिबद्धता आफँंैमा महत्वपूर्ण सहयोग हो ।
चिनियाँ खोप नेपाल भित्र्याउन प्रधानमन्त्रीको तहबाट धेरै पटक फाइल अघि बढाउन निर्देशन दिइएको भएपनि खोपको फाइल अघि बढाइएन । अहिले नेपाल गएको खोप पनि प्रधानमन्त्री र अर्थमन्त्रीले आफैंले सक्रियता देखाएपछि मात्रै त्यहाँ पुगेको हो । आलटाल नभएको भए अहिले नेपालमा दोस्रो, तेस्रो खेप चिनियाँ खोप गइसक्थ्यो । चीनले सहयोग स्वरुप खोप दिन्छु भन्दा लिन हतार नगर्नु आलटाल गर्नुको मुख्य कारण ‘कमिसन’ हो । सहयोगमा त कमिसन हुँदैन । खरिद गर्ने कुरा भए हतार–हतार गर्ने, सहयोग भए आलटाल गर्ने मानवता हराएका नेताको अक्षम्य नियतका कारण मुलुक र नागरिकले गम्भीर नियति भोग्न बाध्य छन् । निषेधाज्ञाका कारण धेरै नेपाली कामविहीन भएका छन्, अभावमा छट्पटिएका छन् उनीहरुको रोजीरोटीका लागि खोप खरिदको रकम खर्चिन सकिन्छ । कोभिडले थिलथिलो भएको शिक्षालगायत थुप्रै क्षेत्र सुधार गर्न खर्च गर्न सकिन्छ । तर, त्यसो गर्न नेतालाई मन भएन । चीनले कुनै एजेन्सीमार्फत खोप बेच्छु भनोस् त नेपालबाट खोप किन्न तछाडमछाड हुन्छ । तर, चीनले एजेन्सी मार्फत नेपाललाई खोप दिँदैन । चिनियाँ खोप जिटुजी प्रक्रिया मार्फत मात्रै नेपाल जान्छ । कमिसन खान नपाइने भएकाले चिनियाँ खोप नेपालमा भित्र्याउन आलटाल गरिएको घाम जतिकै छर्लङ्ग छ । स्वास्थ्य क्षेत्रको जानकार व्यक्तिका हैसियतमा म नेपाल सरकारलाई सुझाव दिन्छु, ‘तत्काल कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएम) विघटन गर्नु । यो राजनीतिक अखाडालाई जतिसक्दो छिटो विघटन गरेर विज्ञहरुको सहभागितामा महामारी हेर्ने गरी ‘पेन्डामिक डिपार्टमेन्ट’ अर्थात महामारी विभाग गठन गर्न श्रेयस्कर हुन्छ । यो विभाग गठन भए स्वास्थ्य मन्त्रालयले, परराष्ट्र, परराष्ट्रले पर्यटन मन्त्रालयलाई देखाएर काम झन्झटिलो बनाउने र प्रक्रिया लामो बनाउनेहरु निरुत्साहित हुन्छन् । तह–तहमा रहेका संगठित कमिसन खोरहरु निरुत्साहित हुन्छन् । अस्पताल निर्माण अहिलेको आवश्यकता होइन, अस्पताल भन्ने बित्तिकै बन्दैन पनि । पूर्वाधार निर्माण त्यत्ति सजिलो छैन । कोरोना जित्न सफल भएका अनुभवी राष्ट्रहरुबाट अनुभवी चिकित्सक झिकाऔं । त्यस्ता अनुभवी झिकाउने मुलुक चीन पनि एक हुन सक्छ । विज्ञ र जनशक्तिमा समेत चीनले नेपाललाई सहयोग गर्न सक्छ । दुखका साथ भन्नुपर्छ, तर चीनलाई रोक्ने प्रयास भइरहेको छ ।
वफादार जनता उत्तरदायी सरकार जिम्मेवार सरकार र वफादार जनताका कारण चीनले ७० दिनमा लगभग कोरोना नियन्त्रण भएको थियो । कडा लकडाउन गर्ने, साताको तीन दिन मात्रै परिवारका एक सदस्य खाद्य सामग्री किनमेलका लागि निस्कन पाउँने नियम । हिँड्डुल नियन्त्रणका लागि भवनमा राखिएका लिफ्ट नै बन्द गरिदिएर चीनले कोरोना नियन्त्रणमा लिएको हो । कुनै भवनमा तीन जनामा मात्रै कोरोना देखिए, बिल्डिङ सिल गरिन्थ्यो । पाँचजना कोरोना संक्रमित भेटिए त्यो क्षेत्र नै सिल हुन्थ्यो । सिल गरेको २४ घण्टाभित्र सबैजनाको पिसिआर गरिन्थ्यो । संक्रमित क्षेत्रका मान्छे १४ दिन क्वारेन्टिन बस्नै पथ्र्यो । क्वारेन्टिन अवधि ताडेको थाहा पाए १४ दिन फेरि थपिन्थ्यो । कारबाहीको डरले चिनियाँले क्वारेन्टिन अवधि तोडेनन् । यो सरकार बलियो भएको उदाहरण हो । नागरिकले पनि सरकारको नियम तोड्ने आँट गरेनन् । कन्ट्याक ट्रेसिङलाई चीनमा धेरै महत्व दिइएको थियो । हेल्थ कोर्ट नै बनाएर नयाँ मान्छेको निगरानी गरिएको थियो । प्रत्येक व्यक्तिको ट्रयाकिङ सिस्टमलाई चीनले बलियो बनाएको थियो । चीन सरकारले अर्थ र शक्ति दुबै लगाएर छोटो अवधिमा कोरोना नियन्त्रण गरेको हो । पिसिआर सबैको निःशुल्क ग¥यो । अहिलेसम्म पनि पिसिआर निःशुल्क नै छ । रोजगारीमा रहेकाहरुको निरन्तर काममा गए । उनीहरुको पारिश्रमिक काटिएन् । नियमित पारिश्रमिक पाइ रहे । दैनिक ज्यालादारीमा काम गर्नेलाई सरकारले केही सबसिडि दिएको थियो । कोरोना नियन्त्रणका लागि चीनले अवलम्बन गरेको नीति र वफादार जनताको कारण यो संभव भएको हो । ७० दिनको कडा लकडाउन चिनियाँ जनताको लागि कष्टकर र पीडादायक दुबै थिए । तर, त्यो लकडाउनको पूर्णपालना र उत्तरदायी सरकारका कारण कोरोना नियन्त्रण गर्न चीन सफल भयो । चीन अहिले सन् २०२० को डिसेम्बरभन्दा अघिको अवस्थामा फर्किसकेको छ । सार्वजनिक यातायातका साधनमा हिँड्दा मात्रै मास्क लगाउनु पर्छ, अन्यथा मास्क अनिवार्य छैन । चीनमा सुरुमा मास्क थिएन, त्यतिबेला चिनियाँले तेलको प्लाष्टिकलाई मास्क बनाएर लगाएका थिए । प्लाष्टिकका जारलाई काटेर अनुहारमा लगाउँथे । अहिले खोपलाई व्यापक बनाइएको छ । युद्धस्तरमा खोप लगाउने काम भएको छ ।
‘चिया पसले कोरोना विज्ञ’ तर नेपालको अवस्था भिन्दै छ । यहाँ सबैजना विज्ञ् झै तर्क गरेर बसेको यत्रतत्र देखिन्छ । नेपालमा कोरोना नियन्त्रण नहुनुका धेरै कारणहरु मध्ये कोरोनाप्रतिको बुझाई सतही हुनु एक हो । एक सयवटा केस देखिँदा पनि कोरोना केही होइन भनेको सुनिन्छ । एउटा यस्तो झुण्ड छ, ‘जसले कोरोना केही होइन भन्दै अफवाह फैलाउँछ ।’ न उ विज्ञ हो, न उसलाई केही थाहा छ, उसले भन्छ, ‘मास्कको व्यापार गर्न सबैले मास्क लाउन पर्छ भनेका हुन् ।’ सुन्दा पनि अचम्म लाग्छ । चिया पसलेले ‘कोरोना केही होइन भन्दै’ गफ दिइरहेका हुन्छन् । स्वास्थ्य प्रोटोकल अलिकति खुकुलो हुने बित्तिकै सबैतिर मान्छेहरु हुलका हुल निस्के । त्यतिबेला संसारले भनिरहेको थियो कोरानोका नयाँ भेरिएन्ट फेरि देखिन सक्छ । खुला सिमानाका कारण भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्छ । यो सबैलाई थाहा भएकै कुरा हो । तर, यसलाई नियन्त्रण गर्न सीमामै क्वारेन्टिन बनाएर त्यहाँ बस्ने व्यवस्था मिलाइएन, त्यो दुःखद् कुरा हो । [चाइना–नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टरका निर्देशक प्रा.डा.राजिवकुमार झा सँग शब्दपाटीकी सम्पादक रमा लुइँटेलले गरेको कुराकानीमा आधारित ]