जसपा दुई मन्त्रालयसहित सरकारमा, उपेन्द्रले लिए सपथ 

आइतबार, फागुन २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 
प्रधानमन्त्री दाहालले आइतबार सत्ता साझेदार दल जनता समाजवादी पार्टी ९जसपा०लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 
जसपाबाट अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको हो । 
जसअनुसार अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नबलकिशोर साह वन मन्त्री बनेका छन् ।
दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् । 
यससँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार