नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

मंगलबार, फागुन २९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।  बैठक दिउँसो तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएका छन् ।  संसद्मा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा आवश्यक समन्वय र परामर्शका लागि बैठक बोलाइएको नेताहरूले बताएका छन् ।  संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने एक नेताले बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार