राष्ट्रिय सभाको अध्यक्ष दाहालद्धारा शपथ ग्रहण 

मंगलबार, फागुन २९, २०८०

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासम आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । 
मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । दाहाल सत्तारुढ दलहरूको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार