यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित) 

बुधबार, फागुन ३०, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको थियो । 
त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको थियो । 
त्यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०५ पैसा र बिक्री दर १६९ रुपैयाँ ८१ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसाले कारोबार भएको थियो ।  आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार