पूर्वसभामुख महरासहित प्रहरी र कर्मचारीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन 

आइतबार, चैत ४, २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीका आरोपित पूर्वसभामुख कृष्णबहादुर महरासहित प्रहरी अधिकारी र निजामती कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । 
उपप्रधान तथा गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख श्याम ज्ञवालीसँगको छलफलपछि उक्त निर्देशन दिएका हुन् । गृहमन्त्रीका प्रेस संयोजक प्रमोद न्यौपानेले भने, ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिनुभएको छ । कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो ।’
सुन तस्करीको छानबिन गर्नका लागि पूर्वन्यायाधीशको नेतृत्वमा गठन गरिएको सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले बुझाएको प्रतिवेदन प्रधानमन्त्रीलाई गृहमन्त्रीले बुझाएका थिए । उक्त प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार