सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले जनमत पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभा सदस्य अन्सारीको ६० वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो । वि.सं. २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् । शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।