मकवानपुरमा २३ किलो अवैध गाँजासहित दुई पक्राउ 

आइतबार, चैत ४, २०८०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट अवैध लागूऔषध २३ किलो गाँजासहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, कैलास गाउँपालिका–१० नामटार घर भई हेटौंडा उपमहानगरपालिका –१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवै जनालाई गाँजासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
यस्तै कास्की रुपन्देही लगायतका जिल्लाबाट पनि प्रहरीले शनिबार झन्डै पाँच किलो परिमाण गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । 
कास्की, पोखरा महानगरपालिका–१२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजा घर भई पोखरा महानगरपालिका–९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई पनि करिब तीन किलोसहित शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको छ ।  विशेष सूचनाको आधारमा खटिएको प्रहरीले दिपेशको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेको थियो । 
शनिबार नै रूपन्देही, बुटवल उपमहानगरपालिका १३ बदेलपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित पाल्पा रिब्दिकोट गाउँपालिका–५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
शनिबार राती इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । लु.२ च ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित जिपमा सवार तीन जनालाई पक्राउ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार