सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर ः ललितपुर महानगरपालिकाले अनलाइन कक्षामा सहभागी हुन नसक्ने साना विद्यार्थीका लागि सिकाई सामग्री तयार पारेर विद्यालयमार्फत विद्यार्थीसम्म पुर्याएको छ । कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण फैलिएसँगै विद्यालयहरुले अनलाइन कक्षा संचालन गरिहेका छन् । यसका साथै शिक्षा मन्त्रालय टेलिभिजन र एफएमहरु मार्फत भर्चुअलकक्षा सञ्चालन गरेको छ । तर, यी कक्षामा विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीको पहुँच पुग्दैन र पुगेको छैन भन्ने गुनासो आइरहेका बेला महानगरपालिकाले सिकाई सामग्री तयार पारेर विद्यालयसम्म पुर्याउने निणर्य गरेको हो । ललितपुर महानगरपालिकाले शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्तभएको स्रोतबाट कक्षा १ देखि ३ सम्मका विद्यार्र्थी सिकाई सामग्री उपलब्ध गराएको हो । ललितपुर महानगरपालिकका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले सामुदायिक विद्यालयमा पढ्ने सबै विद्यार्थीमा अनलाइन कक्षाको पहुँच संभव नहुने भएकाले यो व्यवस्था गरेको बताए । उनले भने, ‘सबैसँग इन्टरनेटको पहुँच नहुन सक्छ, यी सब कुरामा मध्यनजर गरे यस्तो सामग्री तयार पार्ने निधो गरेका हौं ।’ महानगरपालिकाले विद्यालयको सम्पर्कमा आएका विद्यार्थीलाई सिकाई सामग्री उपलब्ध गराएको हो । महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा पढ्ने कोही विद्यार्थीले उक्त सामग्री नपाएको भए विद्यालयमा सम्पर्क राख्न समेत महानगरले भनेको छ । ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख क्षेत्रीकाअनुसार कोभिडका कारण विद्यार्थीको सिकाइ उपलब्धिमा ह्रास आउन नदिन सिकाइ सामग्री विद्यार्थीलाई उपलब्ध गराएको बताए । उनले भने, ‘यी सामग्रीले विद्यार्थीलाई पढ्ने बानी निरन्तर गर्न सहयोग गर्न, सिकाइ उपलब्धिकायम राख्छ ।’ ती सिकाइ सामग्री महानगरपालिकाले सामुदायिक अध्ययन केन्द्र(सिएलसी) का विद्यार्थीलाई पनि उपलब्ध गराईएको छ । सिएलसीमा विभिन्न उमेर समूहका कक्षा नचढेका विद्यार्र्थीहरु पढ्छन् । ‘सिएलसीका विद्यार्थीको सिकाइ उपलब्धि हेर्दा कक्षा, दुई, तीनका जस्तो देखिन्छ,’ शिक्षा महाशाखाका अधिकृत नवराज रिजालले जानकारी दिए । यसैगरी महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयका एक सय जना शिक्षकलाई आइसिटीसम्बन्धी तालिम दिएको छ । कम्प्युटर ल्याब भएको विद्यालयमा २० जनाका दरले विद्यार्थी राखेर तालिम दिइएको हो । तालिममा शिक्षकलाई इमेल इन्टरनेट, गुगल ड्राइभ, एक्सेल, र वड फाइलहरु व्यवस्थापनका बारेमा प्रशिक्षित गरिएको थियो ।