सडक दुर्घटनाप्रति राज्यको चासो नगएको भन्दै सांसद खनालको ध्यानाकर्षण (भिडियाे)

सोमबार, चैत ५, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले वर्षेनी सडक दुर्घटनाले जनधनको क्षति भएपनि सरकारी पक्षको चासो नगएको असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्ने क्रममा सांसद खनालले सरकारी निकायको ध्यानाकर्षण गराएका हुन् । उनले भनेका छन् ' International Journal of Environmental Research and Public Health मा प्रकाशित एक अध्ययन ले सन २०१७ मा नेपालमा भएका दुर्घटना ले रु १६ अरब भन्दा बढीको आर्थिक बोझ अर्थतन्त्रमा थपेको र एक दशक मा उक्त आर्थिक भार ३ गुणाले बढी नेपालको GDP को 1.5% पुगेको छ भन्ने देखाएको छ। पछिल्ला वर्षहरू दुर्घटनाहरू बढ्दै जाँदा उक्त भार GDP को ३% अर्थात् वार्षिक 180 अरब सम्म पुग्दै गएको देखिन्छ।
गत एक दशकमा सडक दुर्घटनामा मर्नेहरूको सङ्ख्या ६१% प्रतिशतले बढेको छ। यही अवस्था रहे, २०३० सम्म आइपुग्दा म मृत्यु आधा हुने हैन दुई गुणाले बढी,  हरेक वर्ष ५,००० जति नेपाली ले सडक मा ज्यान गुमाउने छन् ।  यो मृत्यु को दोष, “लापरबाही गर्ने ड्राइभर” मात्रै हैन, समस्या छ भन्ने थाहा पाई पाई केही नगर्ने, आवश्यक कानुनी र अन्य संरचना निर्माणमा ढिलासुस्ती गर्ने कर्मचारी,  मन्त्री  र प्रधानमन्त्रीको पनि हुने को नहुने ?'

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार