सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

मंगलबार, चैत ६, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू  भनेर जिल्ला अदालत काठमाडौंले पनि आदेश दिएकाले महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 
जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिंदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार