सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बताए । संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न विषयहरू उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको छ । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले विरोध गर्दै आएका छन् । शुन्य समयमा बोल्ने कांग्रेस सांसदहरूले त गृहमन्त्री लामिछानको राजीनामा नै माग्दै आएका छन् ।