सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मंगलबार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । बेलुका कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली, मधेस प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरुले बताएका छन् ।