भन्सार चुहावटको आँकडामा सुधार ल्याउने अर्थमन्त्रीको दाबी

बिहीबार, चैत ८, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अबको अर्को महिनादेखि भन्सार चुहावटको आँकडामा सुधार ल्याउने दाबी गरेका छन् । बिहीबार अर्थ समितिको बैठकमा सांसदहरुका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर कार्ययोजना बनाएको उल्लेख गर्दै बैशाख महिनादेखि नै भन्सार चुहावटको आँकडामा सुधार हुने दाबी गरे । उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा गृह र अर्थमन्त्रालयबीच छलफल गरेर एउटा कार्ययोजना बनाएका छौं । आउँदो महिनादेखि नै भन्सार चुहावटको आँकडामै सुधार ल्याउँछौं । जहाँसम्म नीतिगत रुपमा सुधार ल्याउने विषयमा सदस्यहरुले दिएका सुझावलाई मार्गदर्शनकै रुपमा लिएका छौं ।’ निवर्तमान अर्थमन्त्रीले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको प्रिबजेटको सन्दर्भमा प्रर्याप्त छलफल गरेर परिमार्जित गरिने पुनको भनाइ थियो । अर्थमन्त्री पुनले मुलुक संघीयतामा गैसकेपछि तीनवटै तहका सरकारका लागि कार्यक्षेत्र छुट्याएको स्मरण गर्दै सोहि अनुसार कामकारबाही अगाडि बढ्ने बताए । उनले भने, ‘मुलुक संघीयतामा गइसकेपछि ठ्ला योजनाहरू संघ सरकारले, मझौला योजनाहरु प्रदेशले र सेवा प्रवाहसँग सम्बन्धित योजनाहरु स्थानीय तहले गर्नेगरि खाका तयार गरेका छौं । यसरी छुट्याइएको कार्यक्षेत्रमा टेकेर काम गर्छौं । ’ समितिबाट आएका सुझावहरुलाई आत्मसाथ गर्दै समितिबाट आएको निर्देशन कार्यन्वयनका लागि अर्थमन्त्री पुनले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार