सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रभावकारी रुपमा समस्या समाधानको लागि बाल सुधार गृहको स्थलगत भ्रमण फलदाही रहेको बताएका छन् । विहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले सुधार गृहमा समस्याहरु देखापरेको सन्दर्भमा यसको स्थलगत भ्रमण आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘सुधार गृहभित्रका समस्याहरुलाई अध्यन गर्ने, बुझ्ने र समस्या समाधानको लागि सार्थक रुपमा पहल गर्नको लागि बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवम् थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण फलदाही बन्छ भन्ने विश्वास छ ।’
यस्तै, उक्त बैठकमा मन्त्रालयको सचिव उदयराज सापकोटाले पनि १८ वर्ष पुगेका मानिसलाई छुट्टै कारागारमा राख्ने व्यवस्था कानुनमा नभएको भन्दै त्यसको लागि कानून नै संशोधन गर्नुपर्ने बताए । कारागारमा केही घटनाहरु घटेपछि अप्ठ्यारो परेको भन्दै यसको लागि छलफल भएर एउटा ड्राफ्ट पनि तयार भईसकेको उनको भनाई छ । उनले भने, ‘१८ वर्ष माथिका लागू औषध र बलात्कारको घटनामा संलग्न भएको हुनाले सुधार गृहमा त्रासको अवस्था पनि बनेको छ र कारागारमा केही घटनाहरु घटेपछि अप्ठ्यारो परेको छ । त्यसको लागि १८ वर्ष पुगेका मानिसलाई छुट्टै अर्को कारागारमा राख्ने कुरामा छलफल भएर एउटा ड्राफ्ट तयार भईसकेको छ ।
कानूनमा यसको लागि व्यवस्था नभएको हुनाले कानून नै संशोधन गर्ने कुरा छ र बाल क्षेत्र न्याय समन्वय समिति सञ्चालकले पनि यसको लागि सिफारिस गरिसकेको छ । त्यो सकेसम्म चाडै नै प्रस्तुत गर्ने तयारीमा छौ । त्यो महिला मन्त्रालयका भएको हुनाले कानूनमा आउने वितिकै पठाउने तयारी गरेका छौ ।’ बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवम् थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा छलफल भएको थियो ।