सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज पनि देशका मध्य र पूर्वी भागमा दिनभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण केही दिनयता मध्य र पूर्वी नेपालमा वर्षा भइरहेको छ । आइतबार पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली हुने विभागले जनाएको छ । ती क्षेत्रमा अझै एक सातासम्म चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । आइतबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपात समेत पर्न सक्ने विभागले जनाएको छ ।