अक्सिजन प्लान्ट र एचडियुका लागि सरकारद्वारा १७ करोड ८७ लाख निकासा

शनिबार, जेठ ८, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सरकारले १३  अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताललाई २ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई एक करोड ५५ लाख, जिरी अस्पताललाई ८० लाख, बाजुरा अस्पताललाई ७५ लाख, बझाङ अस्पतालका लागि एक करोड ५५ लाख रुपैयाँ निकासा दिइएको अर्थ मन्त्रालयले आज जनाएको छ । यसैगरी, डोटी अस्पतालक ८० लाख, अछाम अस्पताललाई ७५ लाख, सोलुखुम्बु अस्पताललाई ७५ लाख, खोटाङ अस्पताल ७५ लाख, ताप्लेजुङ अस्पताल ७५ लाख, सूर्य विनायक अस्पताल ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि  एक करोड ५५ लाख प्रदान गरिएको छ । यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि रु २ अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने सरकारको नीतिअनुरूप अस्पताल एवं स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक स्रोत उपलब्ध गराइएको हो ।
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार