नेपाललाई आयरल्यान्ड वल्भको सामान्य लक्ष्य   

सोमबार, चैत १२, २०८०

काठमाडौं । आयरल्यान्ड वल्भसविरुद्ध दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आइरिश टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो । आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । तर अन्य ब्याटर भने चल्न सकेनन् ।   
करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै रस अडेयरलाई बोल्ड गरेका थिए । पहिलो बलमा चौका पर्हार गरेका उनी आउट भएका थिए । चौथो ओभरको अन्तिम बलमा केड कार्मिकाएल ललित राजवंशीको बलिङमा १२ बलमा ८ रन बनाएर एलबिडब्लुमा फसे ।

Image
मोर्गन टपिङ सातौ ओभरको दोस्रो बलमा गुल्शन झाको बलमा शुन्यमा बोल्ड भए । कप्तान निल रकलाई पनि गुलशनले नै ५ रनमा क्याच आउट गराए ।
ग्यारेथ डीलेनि ४ रन बनाएर ११औ ओभरमा कुशल मल्लको शिकार बने । त्यसपछि आउट हुने डोहनी थिए । उनी कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिद्वारा क्याच आउट भएका थिए । फियोन ह्याण्ड पनि १७ बल खेल्दै ११ रन बनाएर कुशल भुर्तेलकै शिकार बने ।
लियम मकार्थी ललितको बलमा १६ रन बनाएर आउट भए । उनले ७ बल खेलेर २ चौका र १ छक्का एलबिडब्लु आउट भए । थोमस मेयस १३ बलमा १६ रन बनाएर १९औ ओभरमा रन आउट भए । इनिङको अन्तिम बलमा म्याथिउ हमफ्रिज ६ रन बनाएको अवस्थामा रन आउट भए भन ११ नम्बरका ब्याटर बेन व्हाइट शुन्यमा अविजित रहे । 
नेपालका लागि ललित राजवंशी, गुलशन झा तथा कुशल भुर्तेलले समान २(२ विकेट लिए । यस्तै करण केसी र कुशल मल्लले १–१ विकेट लिए । नेपालले ८ बलरको प्रयोग गरेको थियो । सोमपाल कामी, दिपेन्द्र सिंह ऐरि र अविनाश बोहराले कुनै विकेट लिन सकेनन् ।

Image
आयरल्यान्ड वल्भसविरुद्ध नेपालका लागि १५ जनाको स्क्वाड मध्य आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव बाहिर रहेका छन् । सिनियर टोली २ खेलको सिरिज खेल्दा त्यसपछि भने नेपाल ‘ए’ को खेल तालिका रहेको छ । नेपाल भोलि अर्को खेल खेलेपछि बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक ‘फ्रेन्डसीप कप’ खेल्न भारतको गुजरातस्थित वापी पुग्नेछ ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, 

बेन्च : आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, विवेक यादव 

आयरल्यान्डको टोली :
निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, फिओन ह्यान्ड, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, मोर्गन टपिङ, बेन व्हाइट

बेन्च :  म्याथ्यु फोस्टर, ग्याभिन होए, जेम्स मक्कोलम, पिजे मुर

Image

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार