दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश 

मंगलबार, चैत १३, २०८०

काठमाडौं  । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पु¥याउनका लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सोमबार आदेश जारी गरेको हो ।  आदेशमा ‘यदि अस्पतालले सम्बन्धनको प्रक्रिया पु¥याएको भए सम्बन्धन दिनू’ भनिएको छ ।  सरकारले सम्बन्धका लागि आशय पत्र दिए पनि चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले आन्दोलन सुरु गरेपछि सम्बन्धन रोकेको थियो । 
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि उक्त कलेजले सञ्चालनका लागि सम्बन्धन पाएको छैन । कलेजका तर्फबाट सञ्चालक दुर्गा प्रसाईँले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार