दुर्गा प्रसाईंका सुरक्षा गार्डको हतियारबारे छानविन गर्न माग

बुधबार, चैत १४, २०८०

काठमाडौं । नेकपा एमालेका सांसद रघुजि पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन् । 
बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानविन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएका हुन् । 
उनले भने, ‘दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन रु संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । यस्ता हतियारहरु कति जनालाई दिइएको छ रु कति हजारको संख्यामा छ ।  त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रुपमा लिएको छ रु’
सांसद पन्तले प्रसाईंलाई दिइएको हतियारको प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुर्नविचार गर्नुपर्ने उल्लेख गरे । 
कुनैपनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था नहुनेगरि गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने पन्तको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार