सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बिहीबार राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि गण्डकी, बागमती र कोशी प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ । शनिबार पश्चिमी वायुले देशभर नै पहाडी र हिमाली भेगमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान छ । आइतबारदेखि मौसममा केही सुधार भए पनि केही पहाडी भेगमा अझै वर्षा हुने देखिन्छ । शुक्रबार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।