सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दबाब आएको खुलासा गरेका छन् । चितवनको सौरहामा भएको संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले आफूलाई शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकमा सहभागी नभएर सरकारलाई अप्ठेरोमा पार्नको लागि विभिन्न शक्तिहरूबाट दबाब आएको उल्लेख गरे । गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको अवस्थामा विभिन्न ठाउँबाट आफूलाई दबाब आएको तर आफू उक्त दबाबबाट प्रभावित नहुने उनको भनाइ रहेको छ । सभामुख स्वतन्त्र हुनुपर्ने र आफू अम्पायरको भूमिकामा मात्र रहेको उनले स्पष्ट पारे । उनले भने,‘मलाई सभामुख बनाउने पार्टीबाट दबाब आएपनि म त्यो मान्दिन । म खेलाडी हैन रेफ्री हुँ । म निष्पक्ष ढंगबाट बैठक अगाडि बढाउँछु ।’