यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

बिहीबार, चैत २२, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  जसअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको छ । बुधबार डलर एकको १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको थियो । त्यस्तै, यूरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा तोकेको छ । बुधबार यूरो एकको खरिद दर १४३ रुपैयाँ ४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको थियो । 
आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसा रहेको छ । बुधबार खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ २ पैसामा कारोबार भएको थियो । 
त्यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बुधबार खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसाले कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार