सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सन्तानका लागि जन्मदिने आमा कहिले पनि बूढी हुँदिनन् भन्ने उदाहरण एउटा निर्वाचन प्रचारमा देखिएको छ । जतिसुकै धेरै सन्तान जन्माएकी भए पनि ती आमा सबैलाई बराबरी माया बाँडिरहेकी हुन्छिन् भन्ने विश्वास त बलियोसँग बनेकै छ । दक्षिण कोरियाकी एकजना ९२ वर्षकी आमाले आसन्न निर्वाचनमा उम्मेदवार बनेका छोराको प्रचारमा आफैं मैदानमा उत्रिएर सघाईरहेकी छन् । चो कि– जू नाम गरेकी ती वयोवृध्द आमाले देशको दक्षिण क्षेत्रका दम्याङ, ह्याम्प्योङ, येओङग्वाङ र जाङ्सेओङ काउन्टीहरूमा निर्वाचन प्रचारमा सक्रिय भूमिका निर्वाह गरेको देखेर विपक्षी उम्मेदवार र मतदाता समेत चकित परेका छन् । उमेरले आफूभन्दा ३४ वर्ष कान्छा छोरा पनि निर्वाचन प्रचारमा आमाको सक्रियताबाट अवाक भएका छन् । उनका ५८ वर्षीय छोरा किम सेओन राष्ट्रिय सभाको सिटका लागि उम्मेदवार बनेका छन् । कोरियामा यही अप्रिल १० मा आमनिर्वाचन हुँदैछ ।
किमको कार्यालयका अनुसार उनकी आमाले मंगलबार राष्ट्रिय निर्वाचन आयोगमा किमका लागि आधिकारिक प्रचारकको रूपमा नाम पनि दर्ता गराएकी छन् । चो कोरियाली युद्धको समयमा १९५२ मा येओङग्वाङ काउन्टीमा शिक्षिका थिइन् भने सन् १९९२ मा सेवानिवृत्त नभएसम्म प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई पढाएर आफूलाई व्यस्त राखेकी थिईन् ।
त्यसबेला जिवीकोपार्जन गर्दैगर्दा पनि चोले दुई छोरा र पाँच छोरी हुर्काईन् । ती सातैजना सन्तानले सामाजिक सेवा र सरकारको सार्वजनिक संस्थाको प्रमुख भएर आमालाई कष्टका दिन भुल्न सहयोग गरे । ती वृध्द आमाले अवकाश जीवनमा पनि सधैं महिला अधिकार र विभिन्न सार्वजनिक सेवाका गतिविधिमा सहभागी भइरहिन् । उनको यही सक्रिय सेवाको कदर गर्दै सन् २०२२ मा सियोलमा बसोबास गर्ने येओङग्वाङ मूल निवासीहरूको सङ्घल ग्रेट मदर्स अवार्डले सम्मान गरेको थियो । चोका सात सन्तानमध्ये छैटौं किम यसअघि मुख्य विपक्षी डेमोक्रेटिक पार्टी अफ कोरिया ९डिपिके० का सदस्य थिए । डिपिके छोडेपछि उनी जनवरीमा डिपिकेका पूर्व अध्यक्ष र पूर्व प्रधानमन्त्री ली नाक योनको नेतृत्वमा रहेको डिपिके पार्टीमा सामेल भए ।
‘मेरी आमा मेरो चुनावी अभियानमा सामेल हुनुभयो, मैले उहाँलाई रोक्न खोज्दा पनि सकिनँ । उहाँले मलाई एक्लै छोड्न नसक्ने बताउनुभयो,’ किमले भने ।