शिक्षकहरुलाई न्यूट्रिसन तथा मनोवैज्ञानिकबारे जानकारी

शुक्रबार, चैत २३, २०८०

काठमाडौं । बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर न्युट्रिसन तथा आहारको मनोविज्ञान विषयमा सेमिनार तथा तालिम सम्पन्न भएको छ । चैत्र २१ गते पूर्व प्राथमिक विद्यालयका शिक्षक तथा लिडरहरूलाई लक्षित गर्दै होटेल टिब्बेट इन्टरनेशनल बौद्धमा उक्त सेमिनार सम्पन्न भएको हो । 
काठमाडौँ ललितपुर र कीर्तिपुर गरी ६० भन्दा बढी शिक्षकहरूले भाग लिएको उक्त कार्यक्रमलाई सफल बनाउनका निमित्त अपेन ललितपुरका अध्यक्ष तथा किड्जी सानेपाका प्रिन्सिपल मुना श्रेष्ठ र अपेन काठमाडौँका अध्यक्ष तथा स्प्रिङ् भिल प्रिस्कुलका प्रिन्सिपल तिलक मानन्धरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
व्यवहार मनोविज्ञान तथा न्युट्रिसनमा आधारित भएर उक्त कार्यक्रममा नेपाल एकेडेमी अफ साइकोलोजीका मुख्य वक्ताद्वय मनोविद उमङ्गजङ्ग शाह तथा न्युट्रिसनिस्ट कविता दाहालले आफ्ना प्राज्ञिक विषयवस्तु प्रस्तुत गरेका थिए ।
असोसिएसन अफ प्रिस्कुल एजुकेटर्स नेपाल अपेन ललितपुर तथा अपेन काठमांडौले आयोजना गरेको उक्त कार्यक्रमलाई जेभियर्स इन्टरनेसनल स्कुलले स्पन्सरसिप गरेको थियो भने आरए इभेन्टले सहकार्य गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार