घट्यो डलर, पाउण्ड र युरोको विनिमय दर

शनिबार, चैत २४, २०८०
मयुर प्लाई
Global Ime Bank

 काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा रहेको छ । हिजो डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो । बिहीबार भने डलरको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा कायम थियो । 
त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसामा झरेको छ । शुक्रबार युरो खरिद दर १४४ रुपैयाँ ६७ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा पुगेकोमा बिहीबार खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो । 
आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको थियो । बिहीबार भने पाउण्डको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसामा कारोबार भएको थियो । 
शुक्रबार रियालको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेकोमा शनिबार रियालको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार