‘रामायण’की सीता नेपालमा, रामको गरिन प्रशंसा

शनिबार, चैत २४, २०८०

काठमाडौं । चर्चित भारतीय धाराबाहिक श्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताएकी छिन् ।   काठमाडौंमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै दीपिकाले रामायणबाट भगवान राम एक असल पुत्र, भाई र श्रीमान हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन् ।  उनले भनिन्, ‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ । सिक्न सकिन्छ । रामजीको चरित्रबाट भगवान राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ । उहाँ एक असल पुत्र, असल भाई र असल श्रीमान हुनुह्न्थ्यो भन्ने कुरा रामायण सिकाएको छ ।’

Photo-(2)-1712402919.jpg
उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भए पनि भगवान रामले सीताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाई थियो ।
रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उल्लेख गर्दै उनले भगवान रामको १४ वर्षे बनबास हुँदै रानी सीतालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरीमा घुमेको उल्लेख गरिन् ।    
रामायणकी सीता शनिबार साँझ आर्मी अफिसर्स क्लबमा प्रकट हुने भएकी छिन् । धेरै नेपाली दर्शकमाझ लोकप्रिय कमाएकी उनी शुक्रबार नेपाल आइपुगेकी हुन् ।
भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गरेकी छन् । रामानन्द सागर निर्देशित ‘रामायण’ बाट उनी बढी लोकप्रिय छिन् । 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार