भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण : प्रथम उपराष्ट्रपति

शनिबार, चैत २४, २०८०

काठमाडौं । प्रथम उपराष्ट्रपति परमानन्द झाले समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई मात्र सम्मानका लागि छनोट गर्न सुझाव दिएका छन् । काठमडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा शनिबार आयोजित विशेष समारोहमा उनले विगतमा आफंैले धेरै कार्यक्रममा भ्रष्ट व्यक्तिलाई समेत सम्मान गर्नुपरेको स्मरण गर्दै समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्ने सुझाएका हुन् ।  उनले भने,‘सम्मान पाउने व्यक्ति छनोट गर्दा असाध्यै ध्यान दिनुपर्छ । समाजमा दुरनाम कमाएका भ्रष्ट कर्मचारी वा व्यक्तिहरूलाई पनि सम्मान गर्नु परेको थियो । मैले विश्वास लिएको छु । यस कार्यक्रममा ति कुराहरू भएको छैन् ।’


उनले सम्मान पाउने कुरा आफंैमा राम्रो भएको भन्दै सम्मानले व्यक्तिलाई समाजमा योगदानको लागि जिम्मेवारी थप्ने बताए । 
उनले भने, ‘सम्मान पाउनु असाध्यै राम्रो कुरा हो । यसले सम्मान पाउने व्यक्तित्वलाई समाजमा केही गर्ने अझै जिम्मेवारी थपेको हुन्छ । जिम्मेवारीबाट समाज देश र राष्ट्रलाई राम्रो गर्ने अठोट मिल्छ ।’

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार