चैते दशैं मेला बैशाख २ गतेदेखि 

आइतबार, चैत २५, २०८०

पोखरा । स्याङ्जाको फेदीखोलामा रामनवमी तथा चैते दशैं मेला हुने भएको छ । हिम शिखर क्लबको आयोजना तथा फेदीखोला गाउँपालिकाको प्रवद्र्धनमा आउँदो बैशाख २ गतेदेखि फेदीखोला रंगशालामा मेला हुने छ । 
चार दिनसम्म चल्ने मेलामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिता, विभिन्न मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रम हुने क्लबले जनाएको छ । मेलाको मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष दिलकाजी गुरुङले बताए । 
गुरुङका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ८१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ प्रथम हुने टिमलाई बोको र दोस्रो हुने टिमलाई कुखुराको भाले राखिएको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।
मेलामा ख्याती प्राप्त लोक दोहोरी कलाकारबाट प्रस्तुती, साँस्कृतिक कार्यक्रम तथा स्थानीय कलाकारको प्रस्तुती रहने उनले बताए । मेला सम्पन्न गर्न कुल १२ लाख खर्च लाग्ने क्लबले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार