पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आइतबार, चैत २५, २०८०

काठमाडौं । आज पनि देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेश तथा लुम्बिनी  प्रदेशको पुर्वी भूभागका तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।  बेलुका देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार