कोभिड बिरामीको घरघरमै उपचार 

आइतबार, जेठ ९, २०७८

बाँके । बर्दियाको बारबर्दियामा स्थापना भएको आर. सी. थारू मेमोरियल नगर अस्पतालमा कार्डिक मोनिटरसहितको स्वचालित आइसियु शय्या  स्थापना भई सञ्चालनमा आएपछि नगर सरकारले निःशुल्क स्वास्थ्य उपचार र खानाको व्यवस्था गरेपछि बिरामीहरूलाई ठूलो राहत मिएको छ ।  दुई सातादेखि कोरोना सङ्क्रमितहरूको उपचार गराउनेको भिड लागेको छ । कोरोना सङ्क्रमित भएपछि एकहप्ता देखि निःशुल्क खाना नास्ता निःशुल्क उपचार पाएपछि बारबर्दियाको वडा नं ४ का वर्ष ५२ सुकराम थारुले आफूलाई बाँच्ने आशा पलाएको बताए । 
त्यसैगरी प्रदेशनी थारुलाई पनि कोरोना सङ्क्रमण भएको बेलामा आफूलाई बारबर्दियाको नगरपालिकाले खाना र औषधोपचारको व्यवस्था गरेको बताए । उनले भने, “नगरपालिकाले  अक्सिजनसमेत निःशुल्क दिएको हँुदा धेरै राहत मिलेको छ । हामीसँग एक रूपैयाँ पनि थिएन, पैसाकै अभावमा उपचार हुन नसक्दा कतिबेला मरिने हो भन्ने चिन्ताले सताएको थियो । नगरपालिकाले हामीलाई जीवन नै दियो ।’  ठूला अस्पतालहरूमा  कोरोनाको बिरामीहरूलाई शय्या समेतको अभाव रहेको बेलामा हामीलाई नगरपालिकाले अक्सिजनसहित औषधोपचार र खाना समेत व्यवस्था गरेको उनको भनाइ छ । ‘अब यस नगरपालिकाका कसैले पनि अक्सिजन नपाएर मर्नुपर्ने अवस्था छैन’, उनले भने ।  बारबर्दियाको आरसी थारु मेमोरियल नगर अस्पतालमा मधुवन नगरपालिका बाँसगढी नगरपालिकाका बिरामीहरू पनि उपचार गराउन आएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । यस अस्पतालमा इसिजी, एक्सरेको सेवा उपलब्ध रहेको छ । सुत्केरी तथा सिकलसेलका बिरामीहरूलाई निःशुल्क उपचारको साथै आइसियु शय्यासहित सुविधा प्रदान गरिएको उनले बताए ।  नगर प्रमुख थारुले भने, ‘अक्सिजन नपाएर कोही पनि बिरामीलाई मर्न दिंदैना । नगरपालिकाले कोरोनाका बिरामीलाई घरघरमा गई उपचार सेवा सञ्चालन गरेका छौ ।’ नगर अस्पताल सञ्चालनपछि केही जटिल प्रकृतिको कोभिडको बिरामीलाई कोहलपुर तथा नेपालगन्जमा उपचारका लागि पठाउनु पर्ने बाध्यताको अन्त्य भएको पनि उनले बताए । 
यतिबेला नगरपालिकाका गाउँगाउँमा कोरोना माहामारी व्यापक रूपमा फैलिएको छ । स्वास्थ्य शाखाका संयोजक डिल्लीराज शर्मासहितको टोलीले बिरामीको घरघरमा समेत पुगेर उपचार गरिरहेको नगरपालिकाको कार्यकारी अधिकृत दशरथ बुढाले बताए । 
हाल नगर अस्पतालमा ११ जना बिरामी उपचाररत छन् भने चार जनाको आकस्मिक कक्षमा उपचार भइरहेको बारबर्दिया कोभिड स्रोत व्यक्ति गोविन्द पौडेलले जानकारी दिए । नगरपालिकाका लेखा अधिकृत वसन्त शाहीका अनुसार ३७३ ले कोरोना जितिसेकका छन् भने ५५ जनाले उपचार सेवा लिएका छन् । दुई सय १२ बिरामी  होमआइसोलेसनमा रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  २२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार