दिल्ली सरकारका मन्त्रीले छोडे मन्त्री पद र आप पार्टी

बिहीबार, चैत २९, २०८०
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । भारतको दिल्ली सरकारका समाज कल्याणमन्त्री राजकुमार आनन्दले मन्त्री पद र आम आदमी पार्टी (आप) बाट राजीनामा दिएका छन् । राजीनामा दिँदै आनन्दले भ्रष्टाचारविरुद्धको आन्दोलनबाट आम आदमी पार्टीको जन्म भएकोमा आज यो पार्टी आफैं भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । साथै उनले दलित विधायक वा पार्षदलाई आम आदमी पार्टीमा कुनै सम्मान नभएको आरोप लगाएका छन् । राजकुमार आनन्द सन् २०२० मा पहिलो पटक पटेल नगर सिटबाट विधायक बनेका थिए । यसअघि उनकी श्रीमती वीणा आनन्द पनि सोही विधानसभा क्षेत्रबाट विधायक थिइन् ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार