सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् । प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् । मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका खारेज गरेको थियो । अब केजरीवलले सो आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका हुन् । यस मामिलामा तत्कालिन उपमुख्यमन्त्री मनिष सिसोदिया, सञ्जय सिंहलाई समेत पक्राउ गरिएको थियो । तर, गत हप्ता सर्वोच्च अदालतले राज्यसभा सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्ने आदेश दिएको थियो ।