सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ । आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार ,रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ । घर गोठभित्र रहेका गैस सिलिन्डर, खदान्न समाग्री , लत्ताकपडा पुर्ण रूपमा जलेर नष्ट हुनुका साथै ४ वटा बाख्राको मूल्य भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले बताएका छन । आगलागी बाट पाँचलाख,४५ हजार रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गर्मीसंगै हावाहुरी चल्न सुरुभएपछि रौतहटमा दैनिकजसो आगलागीको घटना भईरहेको छ । जिल्लाको १८ स्थानियतह मध्ये गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र बारुण यन्त्र दमकल रहेकाले आगलागीको घटना हुँदा तुरुन्तै नियन्त्रणमा समस्या हुनेगरेको जानकारहरुले बताउँदै आएका छन ।