डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढ्यो  

बिहीबार, चैत २९, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको छ । बुधबार डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसाले कारोबार भएको थियो ।
त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसा रहेको छ । बुधबार खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको थियो । 
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसा रहेको छ । बुधबार खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको थियो । 
त्यस्तै, आज कतारी रियाल एकको खरिद दर एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको छ । बुधबार रियालको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार