चालु आवको दश महिनामा एक खर्ब आठ अर्ब बराबरको निर्यात

सोमबार, जेठ १०, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।  विभागले सार्वजनिक गरेको चालु आव २०७७÷७८ को पहिलो दश महिनाको (साउदेखि वैशाखसम्म)  तथ्याङ्कअनुसार यो अवधिमा एक खर्ब आठ अर्ब ४७ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८२ अर्ब छ करोड ४६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । सरकारले गत आव २०६६÷६७ मा एक खर्ब रुपैयाँ बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि चालु आवको दश महिनाको अवधिमा उक्त लक्ष्य पूरा भएको हो ।  
यसैगरी दश महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा दश खर्ब २५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटा २१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ ।  वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव चार र निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५९ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्कअनुसार दश महिनामा ११ अर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २१.४८ प्रतिशतले व्यापार घाटा भएको हो ।–रासस
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार